उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बाढीका कारण समस्या परेको स्थानहरुमा तत्काल रोकथामका काम अघि बढाउन कर्मचारीहरुलाई निर्र्देशन दिनु भएको छ ।
मेयर फागोले उर्लाबारी वडा नं. १, २, ३, ४, ७, ८ र ९ का विभिन्न स्थानहरुमा बाढीले क्षति पु¥याएको स्थानहरुको स्थलगत निरीक्षण गर्दै तीब्र कटान भइरहेका स्थानहरुमा रोकथामका लागि अस्थायी तटबन्धन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो । इन्जिनियरहरुलाई कटान भइरहेको स्थानहरुको स्टमेट तयार पार्न र कामको प्रक्रिया थाल्न पनि उहाँले निर्देशन दिनुभएको छ । उर्लाबारी वडा नं. ९ मा सयौं घर डुवानमा परेका छन् भने सयौं विघा धान वाली नष्ट भएको छ । त्यस्तै, उर्लाबारी वडा नं. ७ मा ३ घर र १ गोठ पूर्ण रुपमा क्षति पु¥याएको छ । त्यस्तै, उर्लाबारी वडा नं. २ का विभिन्न स्थानहरुमा कटान तीब्र गतिमा भइरहेको छ । मेयर फागोले अधिकांश स्थानमा अनुगमन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय