काठमाडौँ । सरकारले बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

वुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ३ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय गरेको हो ।

त्यस्तै, घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय