काठमाडौँ। सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर बनाउन ३ देखि ५ लाखसम्म दिने निर्णय गरेको छ ।

वुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

घर बनाउन जग्गाको अभाव हुनेलाई थप ३ लाख उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै, घर भत्केकाहरुलाई तत्काल ५० हजार राहत भने दिइहाल्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय