काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ७०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार २५३ र एन्टिजेन विधिबाट २ हजार १२३ एन्टिजेन परीक्षण गरिएकोमा ७०८ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख २ हजार एक जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८५ हजार ८१३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेको छ ।

हालसम्म ६५ लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय