काठमाडौं । एमालेले आज देशभरि वडा अधिवेशन गर्दैछ ।

करीव ६ हजार सात सय ४३ वडाहरूमा एकैपटक पहिलो अधिवेशन हुन लागेको हो । अधिवेशनलाई अध्यक्ष केपी ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्नेछन् ।

देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर ओलीले एकैपटक औपचारिक रुपमा अधिवेशनहरूको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको छ ।

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर गरेको छ ।

आउँदो ९ गते सात सय ५३ पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उप–प्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उप–सचिव दुई रहनेछन् ।

गाउँ नगरपालिका–७५, उपमहानगरपालिका–८५, महानगरपालिका–१०१ सदस्य चुनिनेछन् । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय