काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ९५९ र एन्टिजेन विधिबाट १ हजार ९७२ एन्टिजेन परीक्षण गरिएकोमा ५१३ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख २ हजार ५१४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८१७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८६ हजार ६३० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको छ ।
हालसम्म ६५ लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३४५ जना पुगेको मन्त्रालयले जनाएको छ ।























