उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले आज आफ्नो क्षेत्रमा हावाहुरी र बाढीले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ ।
कोशी बक्राहा नदी नियन्त्रण कार्यालयका इन्जिनियरसहितको टिम लिएर सांसद लिम्बूले मावा, बक्राहा, नुनसरीलगायतले पु¥याएको क्षति र रोकथामका बारेमा स्थलगत निरीक्षण गर्नुभएको हो । उहाँले इलामको चुलाचुली र मोरङ मिक्लाजुङको संगल खुँडीमा निर्मित झोलुङ्गे पुल र बाढीले क्षति पु¥याएको स्थानको निरीक्षण गर्नुभयो । मोरङ क्षेत्र नं. १ का संघीय सांसद घनश्याम खतिवडा, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्य, कोशी बक्राहा नदी नियन्त्रण कार्यालयका प्रमुख कैलासकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्र मिक्लाजुङका संयोजक उमेश राई, इन्जार्च दिनेश पौडेलसहितको टोलीले निरीक्षण गर्दै तत्काल तटबन्धनका लागि पहलकदमी लिने बताउनुभयो । खानेपानी, सिचाईंलगायतमा बाढीले क्षति गरेको छ । त्यस्तै, सांसद लिम्बूले मिक्लाजुङ वडा नं. ५, ६ र ९ मा बाढीले क्षति पु¥याएको र खोला कटानका बारेमा स्थलगत निरीक्षण गर्नुभयो । मिक्लाजुङको कसेनीमा निर्माणधिन अवस्थामा रहेको पक्की पुलको बाढीबाट करिब ३ करोडको सामान खोलाले बगाएको सांसद लिम्बूलाई जानकारी गराइयो । मिक्लाजुङमा नुनसरी र मावा खोलाले कटान तीब्र पारेको र तत्काल केही स्थानमा तटबन्धन गर्न आवश्यक रहेको पाइएको सांसद लिम्बूले जानकारी दिनुभयो ।
त्यस्तै, उर्लाबारी वडा नं. १, ५, ६, ७, ८ र ९ को बाढीले पु¥याएको क्षतिका बारेमा समेत उहाँले स्थलगत निरीक्षण गर्नुभयो । सांसद लिम्बूले आफ्नो क्षेत्रका बासिन्दाहरुलाई खोलाले बर्सेनी दुःख दिँदै आएको र रोकथाम तथा तटबन्धनका लागि आफुले पदलकदमी गर्दै आएको बताउनुभयो । शिरदेखि तिरसम्म स्थायी तटबन्धन गर्न आवश्यक रहेको उल्लेख गर्दै तटबन्धका लागि आफुले सबै निकायमा ढोका ढक्कढकाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । जनताको हली भएर काम गर्न आफु तयार भएको र प्राकृतिक विपतले आफ्नो क्षेत्रमा ठूलो क्षति पुगेकाले किसानहरुलाई राहतको प्याकेज घोषणाका लागि प्रदेश सरकारसँग पहल गर्ने पनि उहाँले जानकारी दिनुभयो ।























