काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबानबाट भएको क्षतिका लागि विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन् ।
आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने जनाएका हुन् ।
बेमौसमी वर्षााका कारण किसानहरुको भित्र्याउन लागेको धानबाली धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।























