काठमाडाैँ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबारको लागि तय बैठक प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कात्तिक १५ गते १२:३० बजेसम्मका लागि स्थगित गरेका हुन् ।

आइतबारको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउने कार्यसूची रहेको थियो ।

आज नेपाली काँग्रेस तथा नेकपा एमालेले १५ गतेसम्म बैठक स्थगित गर्न माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय