उर्लाबारी । पूर्वी मोरङकै पूरानो उर्लाबारी बहुमुखी क्याम्पसको यही कार्तिक १५ गते हुने चुनाबी बार्षिक साधारणसभामा चहलपहल बढेको छ ।
क्याम्पसको नेतृत्व कसले गर्ने भन्ने विषयमा बहस सुरु भएको हो । वर्तमान अध्यक्ष पुष्पलाल ढकाल पुनः एक कार्यकाल अध्यक्ष दोहा¥याउने दाउमा हुनुहुन्छ । नेकपा एमालेका नेतासमेत रहनु भएका ढकालसँगै नेपाली कांग्रेसबाट बिमल निरौला र नेकपा माओवादी केन्द्रबाट तोर्ण श्रेष्ठ र गजेन्द्र दंगालको चर्चा छ । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपा, लिम्बूवानलगायतका दल पनि चुनाबी तालमेल गरेर जाने सोचमा रहेका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपालगायत पार्टी चुनाबी तालमेल गरेर जानु पर्ने राय बलियो देखिएको छ । सरकारको नेतृत्वमा रहेका दलहरु एक ढिक्का भएर तालमेल गरेर अघि बढ्दा सकारात्मक सन्देश जाने धेरैको बुझाई छ । त्यस्तै, उर्लाबारी बहुमुखी क्याम्पसको नेतृत्वमा सर्वसम्मत बनाउने विषयमा पनि छलपल भइरहेको छ ।























