उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले सरकारी काममा लापरबाही नगर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ । उर्लाबारी नगरपालिकाको ५, ६ र ७ नम्बर वडाहरूमा निर्माणाधीन वडा स्वास्थ्य केन्द्र भवनको अनुगमनमा प्राविधिक अनुल राई र कञ्चन भट्टराई सहित पुग्नुभएको उहाँले सो निर्देशन दिनुभएको हो।

नगरपालिकाको अनुगमन समिति संयोजक समेत रहनुभएको उपप्रमुख भण्डारीले भवन निर्माणको ९० प्रतिशत सम्पन्न भएको देखिए पनि काम सन्तुष्टिजनक नदेखिएको बताउनु भएको छ । उहाँले अन्य वडाको तुलनामा ७ नम्बर वडामा निर्माण गरिएको स्वास्थ्य केन्द्र भवनको भित्तामा गरिएको प्लस्टर लगायतका केही काम राम्रोसंग नभएको देखिएकाले पुन दोहोर्‍याएर काम गर्न निर्देशन दिनु भएको छ । उर्लाबारी नगरपालिकाले वडा नम्बर १,२,५,६,७,मा सुबिधायुक्त स्वास्थ्य केन्द्र भवन निर्माण गरिरहेको छ । वडा नम्बर ३मा मदनभण्डारी अस्पताल र ८ नम्बर वडामा स्वास्थ्य चौकी सञ्चालन भइरहेका छन् । वडा नम्बर ४ शहरी स्वास्थ्य कार्यालय र वडा नम्बर ९ मा भवन बनाउन सुरू गरिने उपप्रमुख भण्डारीले बताउनु भएको छ । त्यस्तै आजै उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडा नम्बर १का अध्यक्ष मछिन्द्रकुमार कार्की, प्राविधिक सहितको टोलीले वडा १ नम्बर मेचे डाँगीको बिकासे पैनीमा धरधरे नियन्त्रणका लागि गरिएको कल्भट मर्मत र बाटो संरक्षणका लगाइएको तारजालीको समेत अनुगमन गरेका छ । उक्त योजना उर्लाबारी नगरपालिकाको नौ लाख पैँसट्ठी हजार चार सय चौवन्न रूपैया वजेटमा निर्माण सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय