उर्लाबारी । नेकपा एमाले उर्लाबारीको अध्यक्ष पदमा आधा दर्जन आकांक्षी देखिएका छन् । कार्तिक १३ गते उर्लाबारीको नगर अधिवेशन गर्ने तयारी छ । अध्यक्ष पदमा वर्तमान नगरअध्यक्ष उमाकान्त गौतम, गंगाप्रसाद बास्तोला, निरोज तिम्सिना, अग्नी भट्टराई, सुरेन्द्र शेर्मालगायतको नाम चर्चामा छ भने सचिबमा घनश्याम भण्डारीले दाबी गर्नुभएको छ । आकांक्षीहरुलाई मिलाएर सर्वसम्मत बनाउने प्रयास भइरहेको एमाले स्रोत बताउँछ । अध्यक्ष पदमा अग्नी भट्टराई र सचिबमा गंगा बास्तोलासहित सर्वसम्मत नेतृत्व चयन चयन गर्ने सम्भावना रहेको जानकारी स्रोत बताउँछ । त्यस्तै, उपाध्यक्षमा कुमार लिम्बूको पनि दाबी रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय