काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४९० र एन्टिजेन परीक्षणबाट ५९ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ७ हजार १४५ नमुनाको पीसीआर परीक्षण र २ हजार ६०१ एन्टिजेन परीक्षण गरी जम्मा परीक्षण ९ हजार ७४६ गरिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, आज ५६९ जना कोरोनामुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २४८ छ ।
हालसम्म ७ लाख ९० हजार ३५८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३८८ पुगेको छ।























