उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि. निर्वाचन कार्यक्रम रोक्न लेखा समितिले आग्रह गरेको छ ।
निष्पक्ष र पारदर्शी तरिकाले निर्वाचन गराउन निर्वाचन समितिले भूमिका खेल्न नसकेको भन्दै लेखा समितिको बैठकले सो निर्णय गरेको लेखा समितिका संयोजक रमेश विष्टले जानकारी दिनुभयो । यसअघि नै सो सहकारीका लेखा समितिका संयोजक रमेश बिष्ट र भरत कँडेलले पत्रकार सम्मेलन गरेर केही मुठ्ठी भरका ब्यक्तिले सहकारी कब्जा जमाएको आरोप लगाएका थिए ।























