काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शुक्रबार निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी दिएको हो ।
निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरेको छ ।























