काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ३१६ र एन्टिजेन विधिबाट २ हजार ५९५ एन्टिजेन परीक्षण गरिएकोमा ३७२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ६ हजार ६९७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ जना रहेको छ ।

हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३९९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय