उर्लाबारी । नेकपा एमाले उर्लाबारीको नेतृत्व  चयनमा ढिलाई भएको छ ।  एमालेका नेताहरु निर्वाचनमा जानेभन्दा पनि मिलाएर जाने रणनीतिमा देखिएका छन् । चुनाब गराउने भन्दा पनि आकांक्षीमध्ये एकलाई टिका लगाएर अध्यक्ष घोषणा गर्ने रणनीतिमा नेताहरु जुटिरहेका छन् । प्रत्येक वडामा प्रतिनिधि छनौट गरिएको भएपनि नेतृत्व छनौटमा नेताहरु नै हाबी देखिएका छन् ।
अध्यक्ष पदमा अग्नी भट्टराई, उमाकान्त गौतम, पुष्प ढकाल, गंगा बाँस्तोला, गुरु पोख्रेल, मेघराज श्रीपाली, सुरेन्द्रकमुार शेर्मा, डिल्ली खतिवडा, निरोज तिम्सिना, कुलबहादुर कार्की र केदार रिजाल रहेका छन् । अध्यक्ष पदका कतिपय उम्मेद्वारहरुले बार्गेनिङका लागि उम्मेद्वारी दिएका छन् । जसले गर्दा एमालेलाई अध्यक्ष छान्न सकस परेको छ । एक नेताले भने सर्वसम्मतै नेतृत्व चयन हुनेछ । निर्वाचन हुने सम्भावना निकै कम छ । तर, आकांक्षी ब्यवस्थापनमा पनि झमेला छ । अध्यक्षका प्रत्यासी नै उपाध्यक्ष, सचिब तथा अन्य कमिटीमा लगेर ब्यवस्थापन गर्न नेतृत्वले आकांक्षीलाई मनाउने पहल गरिरहेको छ । अध्यक्षमात्र होइन उपाध्यक्ष, सचिब र उपसचिबमा पनि उम्मेद्वारको चाङ छ । उपाध्यक्ष पदमा उठ्नेहरूमा सेहाङ लिम्बू, नितम चौहान, मेनु पाण्डे, अमर धिमाल, ज्ञानेन्द्र शाक्य, रविन लामा छन् । उपाध्यक्षमा अधिकांश युवाको उम्मेवारी छ ।
सचिवमा पदमा घनश्यमा भण्डारी, रेवत आचार्य, गोपालप्रसाद रिमाल र विमल कार्की रहेका छन् । उपसचिव पदमा उठ्नेहरुमा गोविन्द सुवेदी, निर्मला गौतम, डिल्ली काफ्ले, जीवन काफ्ले, भरतमणि गौतम, कमल निरौला, शेखरनाथ दाहाल, नविन तिम्सिना रहेका छन् । आज पहिलो सत्र र दोस्रो सत्रका कार्यक्रम सम्पन्न भएको छ । तर, निर्वाचनका कार्यक्रम अघि बढ्न सकेन । अधिकांश युवाहरुको माग सशक्त नेतृत्व स्थापित गराएर उर्लाबारीलाई एमालेमय बनाउनु पर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय