उर्लाबारी । नेकपा एमाले उर्लाबारीका युवा नेता नितम चौहानले बन्द कोठाबाट गरिएको फैसला कुनै हालतमा मान्य नहुने बताएका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै चौहानले सो सो कुरा पोष्ट गरेका हुन् । नेकपा एमाले उर्लाबारीको उपाध्यक्षको उम्मेद्वारसमेत रहेका चौहानले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छान्नु पर्ने बताएका छन् । नेताले नभई प्रतिनिधिहरुले नेतृत्व छान्न पाउनु पर्र्ने उनको धारणा छ ।
चौहानले फेसबुकमा लेखेको जस्ताको त्यस्तै
बन्द कोठामा फैसला गरेको भरमा गरेको निणर्य मान्य हुने छैन । कसैको निजी सम्पति होईन । प्रजातंत्रीक ढंगको अभ्यास जरूरी छ ।























