उर्लाबारी । सुनपकुवा स्वालम्बी साकोसको अध्यक्षमा हेमचन्द्र थापा निर्वाचित हुनु भएको छ । आज विहानको राती सम्पन्न मत परिणामअनुसार थापा निर्वाचित हुनु भएको हो । थापाले ११५९ मत ल्याउनुभयो भने उहाँका प्रतिष्पर्धी डिल्लीराम सापकोटाले ८९६ र विश्वनाथ ढुंगानाले ९६२ ल्याउनुभयो । थापा नेकपा एकीकृत समाजवादी उर्लाबारी नगरका सदस्य हुनुहुन्छ भने सापकोटा र ढुंगाना एमाले निकट हुनुहुन्छ । उपाध्यक्षमा तिला खतिवडा विजयी हुनुभयो । उहाँले निर्वाचन बहिस्कार गर्नुभएका रमेश विष्टलाई पराजित गर्नुभयो । खतिवडाले १४८४ मत ल्याउनुभयो भने विष्टले १०८६ मत मात्र पाउनुभयो । त्यस्तै, सदस्यमा अभिशेख पोख्रेल–१८९९,खेमराज कोइराला–१७२२, दिपक आचार्य–१९५४, नारदप्रसाद सुवेदी–१६०५,नारायण भट्टराई–१८२५ हुनुभयो । सचिवमा रविन भट्टराई , सह सचिवमा ज्योती थापा, कोषाध्यक्षमा राजेन्द्र आचार्यलगायत लेखा संयोजकमा गोविन्द प्रसाद भट्टराई र सदस्यमा सन्तोष लिम्बु र नारायणप्रसाद आचार्य सर्वसम्मत रूपमा चयन भएका छन् ।
यस संस्थाको प्रारम्भिक चुनावी साधारण सभामा भएको मतगणनाको अन्तिम मत परिणाम निम्नानुसार रहेको छ ः
अध्यक्ष
डिल्लीराम सापकोटा–८९६
विश्वनाथ ढुंगाना–९६२
हेमचन्द्र थापा–११५९ विजयी
उपाध्यक्ष
तिला खतिवडा–१४८४ विजयी
रमेश विष्ट–१०८६
खुल्ला सदस्य
अभिशेख पोख्रेल–१८९९ विजयी
खेमराज कोइराला–१७२२ विजयी
दिपक आचार्य–१९५४ विजयी
नारदप्रसाद सुवेदी–१६०५ विजयी
नारायण भट्टराई–१८२५ विजयी
रमेश सुवेदी–१५६७
लिलमबहादुर बस्नेत–१११३
हरिबहादुर श्रेष्ठ–९८५























