उर्लाबारी । जसरी भएपनि नेकपा एमाले उर्लाबारीको नेतृत्व सर्वसम्मत गराउन खोजिरहेको छ । हिजो उद्घाटन र बन्द सत्र सकेको एमाले उर्लाबारीले आज नेतृत्व चयन गर्ने कार्यक्रम तय भएको छ ।
नेताहरुले निरन्तर रुपमा आकांक्षीहरुलाई दबाब र अन्य पदको प्रलोभनमा पारेर नेतृत्व चयन गर्न खोजिरहेका छन् । तर, अधिकांश युवाहरुको माग टिके प्रथाको अन्त्य गरेर निर्वाचन प्रक्रियाबाट अघि बढ्नु पर्नेमा जोड छ । टिके प्रथाले नेताको भावनाअनुसार मात्रै काम हुने कार्यकर्ता र जनभावना समेट्न नसकेको उनीहरुको भनाई छ । नजिकिदै गएको चुनाबलगायतलाई केन्द्रमा राखेर सक्षम र जनभावनाअनुसार काम गर्न सक्ने नेतृत्व चयन गर्न नसके फेरि पनि एमाले उर्लाबारीमा कमजोर बन्न सक्नेतर्फ युवाहरुले नेतृत्वलाई खबरदारी गरिरहेका छन् । केही युवाहरुले बन्द कोठामा २÷४ जना नेता बसेर गरेको निर्णय मान्य नहुने चेतावनी दिइसकेका छन् ।
चुनाब गराउने भन्दा पनि आकांक्षीमध्ये एकलाई टिका लगाएर अध्यक्ष घोषणा गर्ने रणनीतिमा नेताहरु जुटिरहेको कारण नेतृत्व चयनमा ढिलाई भएको एक कार्यकर्ताले बताएका छन् । प्रत्येक वडामा प्रतिनिधि छनौट गरिएको भएपनि नेतृत्व छनौटमा नेताहरु नै हाबी देखिनु दुर्भाग्य भएको उनीहरुले बताउन थालेका छन् । अध्यक्ष पदमा अग्नी भट्टराई, उमाकान्त गौतम, पुष्प ढकाल, गंगा बाँस्तोला, गुरु पोख्रेल, मेघराज श्रीपाली, सुरेन्द्रकमुार शेर्मा, डिल्ली खतिवडा, निरोज तिम्सिना, कुलबहादुर कार्की र केदार रिजाल रहेका छन् । अध्यक्ष पदका कतिपय उम्मेद्वारहरुले बार्गेनिङका लागि उम्मेद्वारी दिएका छन् । जसले गर्दा एमालेलाई अध्यक्ष छान्न सकस परेको छ । एक नेताले भने सर्वसम्मतै नेतृत्व चयन हुनेछ । निर्वाचन हुने सम्भावना निकै कम छ । तर, आकांक्षी ब्यवस्थापनमा पनि झमेला छ । अध्यक्षका प्रत्यासी नै उपाध्यक्ष, सचिब तथा अन्य कमिटीमा लगेर ब्यवस्थापन गर्न नेतृत्वले आकांक्षीलाई मनाउने पहल गरिरहेको छ । अध्यक्षमात्र होइन उपाध्यक्ष, सचिब र उपसचिबमा पनि उम्मेद्वारको चाङ छ । उपाध्यक्ष पदमा उठ्नेहरूमा सेहाङ लिम्बू, नितम चौहान, मेनु पाण्डे, अमर धिमाल, ज्ञानेन्द्र शाक्य, रविन लामा छन् । उपाध्यक्षमा अधिकांश युवाको उम्मेवारी छ ।
सचिवमा पदमा घनश्यमा भण्डारी, रेवत आचार्य, गोपालप्रसाद रिमाल र विमल कार्की रहेका छन् । उपसचिव पदमा उठ्नेहरुमा गोविन्द सुवेदी, निर्मला गौतम, डिल्ली काफ्ले, जीवन काफ्ले, भरतमणि गौतम, कमल निरौला, शेखरनाथ दाहाल, नविन तिम्सिना रहेका छन् ।























