उर्लाबारी । नेकपा एमाले उर्लाबारीको उपाध्यक्षमा कुमार लिम्बू सर्वसम्मत निर्वाचित हुनु भएको छ । उपाध्यक्ष पदका आकांक्षी नितम चौहान, मेनु पाण्डे, अमर धिमाल, ज्ञानेन्द्र शाक्य, रविन लामाले फिर्ता लिएपछि लिम्बू उपाध्यक्षमा सर्वसम्मत बन्नु भएको हो । एमालेलाई सशक्त रुपमा अघि बढाउन र संगठन विस्तारमा लागि पर्ने लिम्बूको भनाई छ ।























