उर्लाबारी । नेकपा एमाले उर्लाबारीको नेतृत्व चयनमा अझै सहमति जुटेको छैन । आज नेतृत्व चयन गर्न आयोजित भेलाले पनि नेतृत्व चयन हुन सकेन । नेताहरु सर्वसम्मत नेतृत्व चयनका लागि उम्मेद्वारहरुलाई दबाब सिर्जना र प्रलोभनमा पारेर फिर्ता लगाउन तल्लीन देखिएपछि एमालेभित्र तीब्र असन्तुष्टी पैदा भएको छ ।
अध्यक्ष पदमा अझै ९ जनाको दाबी कायम रहेको छ भने उपाध्यक्षमा कुमार लिम्बू सर्वसम्मत हुनुभयो । सचिब र उपसचिबदेखि सदस्यसम्म उम्मेद्वारको चाङ छ । सचिबमा घनश्याम भण्डारीसहित ४ जनाको उम्मेद्वारी परेको छ । अन्यले फिर्ता लिए भण्डारी पनि सर्वसम्मत चयन हुने सम्भावना देखिएको छ । दुई उपसचिबमा लागि आधा दर्जनको दाबी छ । पदाधिकारीमा एक महिला अनिवार्य भएकाले उपसचिब निर्मला गौतम बन्ने पक्कापक्की देखिएको छ भने अर्का सचिबका लागि प्रतिष्पर्धा हुने देखिएको छ । तर, पार्टीका नेताहरु चुनाब गराउने मुडमा छैनन् । पार्टी नेताहरुले नेतृत्व सर्वसम्मत गराउन निर्वाचन गर्न ढिलाई गर्दा दैनिक जसो राष्ट्रिय युवा संघका युवाहरुबीच कुटाकुट भएको छ । नेताहरुले लोकतान्त्रिक प्रक्रियाबाट चुनाब गराउनु भन्दा पनि उम्मेद्वारहरुलाई दिग्दार लगाएर फिर्ता गर्न बाध्य पार्न खोजिरहेको छ । सक्षम र काम गर्न सक्ने भन्दा पनि नेताहरुको अघिपछि कुद्नेहरुलाई नेतृत्वमा ल्याउन खोजेको केही कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय