उर्लाबारी । नेकपा एमाले उर्लाबारीको नेतृत्व चयनका विषयमा अझै विवाद कायम छ । अध्यक्ष, सचिब, उपसचिब र सदस्यमा उम्मेद्वारको चाङ छ । यसैक्रममा नेकपा एमालेका पूराना कार्यकर्ता गोविन्द सुवेदीले कुनै पनि हालतमा उपसचिबबाट पछि नहट्ने बताउनुभयो । नेता होइन प्रतिनिधिहरुले नेतृत्व छान्न पाउनु पर्ने उहाँको माग छ । उहाँले कसैको दबाब र प्रभाव नपरी एमाले र आम कार्यकर्ताहरुको हितमा काम गर्न आफुले उम्मेद्वारी दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘ २÷४ भोट आओस् म उपसचिब छोड्दिन ।’ सामाजिक कार्यमा समेत अग्रणी देखिएका सुवेदी निरन्तर पार्टी संगठनको हितमा काम गर्दै आउनु भएको छ ।























