उर्लाबारी । दुब्यर्सनीमा फसेकाहरुलाई सुधार गर्नका लागि स्थापना भएको जीवन बचाउ उपचार केन्द्र उर्लाबारी–७ मा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले छड्के अनुगमन गर्नुभएको छ ।
मेयर फागो आफ्नै निजी गाडीमा सुधार केन्द्र पुगेर त्यहाँ उपचाररत रहेकाहरुसँग परामर्शसमेत गर्नुभयो । उहाँले विगतको भन्दा धेरै सुधार भएको पाएको बताउनुभयो । खाना, खाजा, भान्सालगायतको राम्रो ब्यवस्थापन गरेको र सामान्य केही गुनासो आएको पनि उहाँले बताउनुभयो । गृहका लागि आवश्यक सहयोग गर्न उर्लाबारी नगरपालिका तयार रहेको उल्लेख गर्दै कमीकजोरी नगर्न निर्देशनसमेत दिनुभयो । गृहका इन्जार्ज रविन्द्र दाहाललगायतले गृहको बारेमा जानकारी गराउनु भएको थियो ।























