विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका छन् ।
आज भएको प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजीनामा दिएका हुन् । आचार्य भदौ १० गते शेरधन राईले राजिनमा दिएपछि पहिले संसदीय दलको नेता र त्यसपछि मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । विपक्षी गठनबन्धनले नेकपा (एस) का नेता राजेन्द राईलाई मुख्यमन्त्रीको रुपमा पस्ताव गर्ने निर्णय गरेका छन् । विपक्षी गठबन्धनसँग ५० सांसद छन् । वहुमतको लागि ४७ जना चाहिन्छ । विभाजन पछि एमाले सांसद संख्या ४१ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय