काठमाडौँ । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् ।

पाँच दलीय गठबन्धनबाट समाजवादीका प्रदेश १ का संसदीय दलका नेता राईले आज मुख्यमन्त्रीको शपथ लिने भएका हुन् ।

सोमबार एमाले नेता भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।

नेता राईले सोमबार नै ५० सांसदहरुको समर्थनसहित दावी पेश गरेका थिए ।

मन्त्रालयको आकार सानो बनाउने भनिए पनि प्रदेशमा मन्त्री बन्नका लागि माओवादी केन्द्र र नेपाली काङ्ग्रेसभित्र हानथाप छ । आज दुई पार्टीले दुई/दुई जना मन्त्री पठाउने तयारी गरेका छन् ।

माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगै, कुलप्रसाद साम्बा लिम्बू, झलकसिंह दर्लामी, रामकुमार राई, धिरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठ मन्त्री बन्ने दौडमा छन् ।

नेपाली काङ्ग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहबीच हानथाप छ । कांग्रेसको तर्फबाट हिमाल कार्की र केदार कार्कीमध्ये एकको नेतृत्वमा सरकारमा जाने तयारी छ । भागवण्डा पुर्याएर खुशी पार्न भएको ७ मन्त्रालयलाई फुटाएर १० वटा बनाउने तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय