नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भएको थियो । पार्टीभित्र उत्पन्न विवादले उग्र रुप लिएपछि पूरानै अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र फर्किएका थिए ।
सोही क्रममा एमालेभित्र पनि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधब नेपालबीच विवाद उत्पन्न भयो । सोही क्रममा माधब नेपाल पक्षधरले देशभरी समान्तर कमिटी गठन गरेको थियो । जसमा उर्लाबारी नगर कमिटीको अध्यक्ष भएर गंगाप्रसाद बास्तोलाले कमाण्ड सम्हाल्नुभयो । एमालेभित्रै माधब समूह मानिनु भएका बास्तोला एमाले विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा एमाले र चुनाब चिन्ह सूर्यमा प्रतिबद्ध भएर सक्रिय रहनु भएको छ । एमालेबाट विभाजन भएर माधब पक्षधरले नेकपा एकीकृत समाजवादी गठन गरेको छ । तर, बास्तोला विभाजन भएको पार्टीमा आबद्ध नहुने घोषणासहित एमालेमा गोलबद्ध भएर अघि बढ्नुभयो । पार्टीलाई चलयमान र सशक्त रुपमा अघि बढाउने क्षमता भएका बास्तोला प्रभावशाली स्थानीय नेता मानिनुहुन्छ । निर्वाचन परिचालन, आर्थिक विभाग जस्ता महत्वपूर्ण काममा बास्तोलालाई जिम्मेवारी पार्टीले दिँदै आएको छ । यतिबेला बास्तोला पुनः एमालेलाई उर्लाबारीमा सशक्त रुपमा अघि बढाउन कम्मर कसेर लाग्न नगर कमिटीको अध्यक्षको जिम्मेवारी लिन आतुर हुनुहुन्छ । तर, उहाँलाई माधब समूहको भन्दै केहीले निषेध गर्न खोजिरहेको देखिन्छ । लामो समय माधब समूहका नेताका रुपमा चिनिनु भएका बास्तोला एमालेमै आबद्ध भई सक्रिय भएको अवस्थामा पनि अझै पार्टीका केहीले सोही आक्षेप लगाइरहेका छन् । वास्तवमा उर्लाबारी नगरमा एमालेलाई चलयमान र सशक्त रुपमा अघि बढाउन सक्ने खुबी बास्तोलाबाहेकमा देखिन्न । त्यसै कारण पनि अब बास्तोलालाई यस पटक उर्लाबारी नगर अध्यक्ष बनाउन सबै नेता तथा कार्यकर्ता गोलबन्द भएर अघि बढ्नुको विकल्प छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय