उर्लाबारी । नेकपा एमालेको नगर अधिवेशन चलिरहँदा एमालेसहित विभिन्न पार्टी परित्याग गरी १ सय ३८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आज नेपाली कांग्रेस उर्लाबारी वडा नं. ४ को आयोजनामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो । एमालेका लक्ष्मी दाहालसहित ७५ जना कांग्रेसमा प्रवेश गरेका छन् भने राप्रपाबाट २९ जना प्रवेश गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रसहितबाट ३४ जना पार्टी प्रवेश गरेका छन् । उर्लाबारी वडा नं. ४ मा नेकपा एमालेको पकड मानिन्छ । तर, पछिल्लो समय पार्टी विभाजनपछि एमालेबीच बिचल्लन आएको देखिन्छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ का सभापति एबम उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो, नगर सभापति सुरेन्द्र लिम्बू ज्युले अबिर र खदा लगाई प्रवेश गराउनुभएको छ । उक्त कार्यक्रमको वार्ड नं ४ का सभापति प्रेमबहादुर याख्खाको सभापतित्वमा भएको थियो भने सञ्चालन वार्ड सचिव भिमप्रसाद घिमिरेले गर्नुभएको थियो ।























