काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५७७ जनामा पिसिआर परिक्षण गर्दा ३९५ जना र ३३३६ जनामा एन्टीजेन परिक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९३ हजार २७१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४३४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १३१ जना, ललितपुर जिल्लामा २७ जना र भक्तपुर जिल्लामा १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ४१ हजार ९३४ पिसिआर परीक्षण भएको छ भने ६ लाख ७१ हजार ८२४ एन्टीजेन परीक्षण गरिएको छ भने १२१ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ९ हजार १२३ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८७ लाख १९ हजार ९९५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७३ लाख ८१ हजार २०२ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

ओली समूहका अध्यक्ष उम्मेद्वार नै पराजित, समान्तर कमिटीका संयोजक बास्तोला बने एमालेको अध्यक्ष

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय