उर्लाबारी । पूर्वपश्चिम राजमार्ग अन्तरग मोरङ उर्लाबारी–४ आइतबारमा सवारी दुर्घटनामा परी शिक्षासेबी नरेन्द्रप्रसाद ढुंगानाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ७८२८ नम्बरको बसले बिपरित दिशाबाट प्रदेश १– ०२–०४१ प ४४०८ नम्बरको मोटरसाइकलमा आउदै गरेका ढुंगानालाई आज दिउँसो ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र सो चालकलाई पक्राउ गरी आवश्यक कार्वाही गर्न माग गर्दै स्थानीयले करिब ३ घण्टा सडक अबरुद्ध गरे । बस र चालकलाई पथरीमा पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उर्लाबारी–४ आईतवारे निवासी ढुंगाना उर्लाबारी–२ मा अवस्थित सुनपकुवा माबिका पूर्व प्रधानाध्यापकका साथै उर्लाबारी–७ मा रहेको भृकुटी माबिका संस्थापक समेत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय