उर्लाबारी । इन्टरनेट प्रदायक संस्था आइजोन प्रालिले रतुवामाईमा १५ औं शाखा कार्यालय स्थापना गरेको छ । रतुवामाई नगरपालिका क्षेत्रमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने तयारीका साथ कार्यालय स्थापना गरेको हो । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा इन्टरनेट सेवा पुर्याउने उद्देश्यले प्रालिले अघि बढेको प्रबन्धक निर्देशक नविन श्रेष्ठले बताउनुभयो । रतुवामाई नगरपालिकाका मेयर रविन राईले कार्यालयको उद्घाटन गरे । उद्घाटन गर्दै नगरबासीहरुको सबैको पँह’जमा इन्टरनेट पु¥याउन लागि परेको उल्लेख गर्दै गुणस्तरिय सेवा प्रदान गर्न उहाँले आग्रह गरे । कार्यक्रममा रतुवामाई वडा नं. ८ का वडाध्यक्ष गोपी चापागाई, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीलगायतले बोले । कार्यक्रमको सभापति कम्पनीका अध्यक्ष प्रेम श्रेष्ठ रहेका थिए भने कार्यक्रम सञ्चालन पत्रकार घनश्याम भण्डारीले गरे । इन्टरनेट सेवाको पहुँच सहज, विश्वासनीय र मितव्ययिता अपनाउने उद्देश्यले सहुलियत शुल्कमा इन्टरनेट बितरण गर्दै आएको जनाएको छ । २०७२ सालमा स्थापित सो प्रालिको उर्लाबारी–५ मा केन्द्रीय कार्यालय रहेको छ भने इटहरीमा क्षेत्रीय कार्यालय, इनरुवा, विराटचोक, पथरी, दमकलगायतमा शाखा कार्यालयहरु रहेका छन् । १० एमबीपीएस इन्टरनेट क्षमता रहेको सो प्रालिले एमपिएलस प्रणाली समेत जडान गरेको छ । यसले इन्टरनेट सेवाको गति नियमित र सुरक्षित गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय