उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले तिहारको शुभकामना ब्यक्त गर्दै चाडपर्वले आपसी भाइचाराको सम्बन्ध विस्तारको कामना गर्नुभएको छ ।
तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले सबैलाई त्यो किसिमको प्रेरणा र खुशी देओस् भन्ने कामना मेयर फागोले गर्नुभएको हो । उहाँले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै मेयर फागोले यस पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भगवान् सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीको घरमा गई पाँच दिनसम्म बसेर रमाइलो गरेको हुँदा यसैको सम्झानास्वरुप यपपञ्चकका रुपमा पाँच दिनसम्म मनाइने, ढोकामा ओखरलाई फोडेर दिदीबहिनीले दाजुभाइको पूजा गर्दै दीर्घायूको कामना गर्ने विशेष दिनका रुपमा पनि भाइटीकालाई लिने गरिएको प्रसङ्ग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय