उर्लाबारी । पूर्वी मोरङकै पुरानो उर्लाबारी बहुमुखी क्याम्पस उर्लाबारीको नयाँ नेतृत्व सर्वसम्मत गर्ने भद्र सहमति भएपनि कार्यान्वयन हुन सकेन ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, नेकपा एकीकृत समाजवादी, संघीय लिम्बूवान पार्टीबीच सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको थियो । माओवादीले गजेन्द्र दंगाल, मिलन दाहाल र रमेश श्रेष्ठलाई उम्मेद्वार बनाएको छ । माओवादी निकट श्याम पोखरेलको पनि उम्मेद्वारी परेको छ । राजेन्द्र पौडेल भने स्वतन्त्र उम्मेद्वार बनेका छन् । उनी नेकपा विभाजनपछि सक्रिय राजनीतिमा छैनन् । उनी हालसम्म कुन पार्टीमा जाने भन्ने विषयमा टुंगोमा पुगिनसकेको बताइएको छ । माओवादीलाई ३ जना सदस्य दिने भद्र सहमति अनुसार मात्रै उम्मेद्वार दर्ता गरेको माओवादीले जनाएको छ । कसै पार्टीको निर्णय विरुद्ध उम्मेद्वारी दर्ता गराएको भए फिर्ता लिन निर्देशन दिने माओवादीको भनाई छ ।
त्यस्तै, कांग्रेसले १ सदस्य मात्रै उम्मेद्वार बनाउने निर्णय गरेको थियो । कांग्रेसले आधिकारिक रुपमा बिमल निरौलालाई सदस्यको उम्मेद्वार बनाएको भएपनि मुक्तिप्रकाश न्यौपाने, योगेन्द्र कटुवाल (गोपाल), गीता अधिकारी (खतिवडा), सर्वजित भण्डारी, नरबहादुर मोक्तान, राजकुमार पोमु (लोलिम), छत्रबहादुर कार्की, रेशबहादुर कटुवाल, हरिबाबु दाहाल, तेजकुमार कार्र्की, मीनप्रसाद दाहाल र कमलनारायण मल्लिक उम्मेद्वार बनेका छन् । नेपाली कांग्रेस उर्लाबारी नगर समितिले निरौलाबाहेक सबैलाई उम्मेद्वार फिर्ता दिन निर्देशन दिइसकेको छ ।
एमालेले ४ जना उम्मेद्वार दिने भद्र सहमति थियो । तर, सहमति विपरीत धेरै उम्मेद्वारी दर्ता भएको छ । जसमा एमालेका नेताहरु पनि सदस्य बन्ने दौडमा देखिएका छन् । पुष्पलाल ढकाल, उमाकान्त गौतम, रुद्रबहादुर तामाङ, उर्मिला थापा, राम बुढाथोकी, टिकाप्रसाद अधिकारी, चेतन सिग्देल र नगेन्द्रप्रसाद घिमिरेको उम्मेद्वारी परेको छ ।
त्यस्तै, जसपाले १ जना सदस्य उम्मेद्वार पाउने सहमति छ । विशाल आङ्देम्बे मात्रै सदस्य आधिकारिक उम्मेद्वार भएपनि मनोहरी दाहालले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, राप्रपालाई दुई सदस्य दिने सहमति छ । जसमा होमनाथ गौतम, प्रलाद थापा, ज्ञानेन्द्र ओली र प्रेम डाँगी उम्मेद्वार बनेका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीलाई १ सदस्य दिने सहमति छ । तर, दुई जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गोपालप्रसाद भट्टराई, कृष्णराज गुरुङले उम्मेद्वारी दर्ता गराएका छन भने लिम्बूवानले बरुण लाबुङलाई उम्मेद्वार बनाएको छ । क्याम्पसमा १३ सदस्यीय समिति चुनिने छ । कार्तिक २५ गते दिउँसो १२ बजेसम्म उम्मेद्वार फिर्ताको समय तोकिएको छ भने कार्तिक २६ गते विहान ८ बजेदेखि मतदान सुरु हुने कार्यकालिका सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय