उर्लाबारी । पछिल्लो समय हरेक पर्व नेपालीहरुको राष्ट्रिय पर्व बन्दै गएका छन् । विगतमा मधेशी समुदायले मात्र धुमधामका साथ मनाउदै आएको छैठ पर्व अहिले पहाडी समुदायभित्र रहेका हरेक जातजातिले छैठ पर्व मनाउन थालेका छन् ।
अराध्यदेव सूर्यको उपसना गरी बनाउने छैठ पर्व यस बर्ष बुधबार अस्ताउदो सूर्यलाई र विहीबार उदाउँदो सूर्यलाई अर्घ दिई मनाइदैछ । जति जति समावेशी पर्व बन्दै गयो त्यति त्यति छठ पर्वको महिमा प्रत्येक बर्ष चुलिदै गएको छ । गत बर्ष कोरोना महामारीका कारण छैठ पर्व मनाउन नपाएका सर्वसाधारण यस बर्ष उर्लाबारीमा छैठ पर्व मनाउनेको संख्यामा बृद्धि भएको देखिएको छ । झापा र मोरङको सिमानामा पर्ने मावा खोलामा छठको रौनक छाएको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सामाजिक सद्भाव पर्व छठ बनेको बताउनुभयो । यो पर्वले तराई, मधेश र पहाडमा बसोबास गर्ने सर्वसधारणलाई नजिक ल्याएको उहाँको भनाई छ । विविधताबीच एकताको सन्देश प्रवाह भएको महसुस भएको भन्दै मेयर फागोले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । मेयर फागोले छठ पर्वले आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेबी भण्डारी, वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, सामाजसेबी जयधर्म आचार्य, पूर्ण सिंगक लिम्बू, नेकपा एकीकृत समाजवादीका नेता मानबहादुर श्रेष्ठ, नेकपा एमाले उर्लाबारी नगरअध्यक्ष गंगा बास्तोलालगायतले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रम मैथिलि सेवा समाजका अध्यक्ष पवन चौधरीको सभापतित्वमा भएको कार्यक्रम कार्यक्रम सचिब प्रेम शर्माले गर्नुभएको थियो ।























