डडेल्धुरा । एमाले डडेल्धुराका अध्यक्ष डा.तारा जोशीले पार्टी परित्याग गरेर माधवकुमार नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

बुधबार डडेल्धुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष डा.जोशीलाई पार्टीमा प्रवेश गराएका हुन् ।

माओवादी केन्द्र र एमालेबीचको एकता पूर्व पार्टीका अध्यक्ष रहेका जोशीसहित उपाध्यक्ष बीरेन्द्र बस्नेत, सचिव धनबहादुर सावद र उप–सचिव सकुन्तला नगरकोटी लगायतका नेता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

डा.जोशीले एमालेमा पार्टी अध्यक्ष केपी ओलीमा निरंकुशता हाबी भएका कारण आफूहरू समाजवादीमा समाहित भएको बताएका छन् ।

उपाध्यक्ष, सचिव तथा अन्य विभिन्न भातृ संगठनका प्रमुख समेत गरेर १४ जना समाजवादीमा समाहित प्रवेश गरेको उनले जनाए ।

एमालेको नवौँ अधिवेशनबाट डडेल्धुराको अध्यक्षमा निर्वाचित भएका जोशीले पार्टी जेठ २ मा नफर्किएपछि समस्या भएको बताउँदै आएका छन् । अहिले एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद छन् ।

साउँदले ६८ सदस्यीय कमिटिमा १३ जना एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेकाल त्यसले पार्टीलाई खासै असर नपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय