उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसको नेतृत्व चयनका लागि भएको भद्र सहमति तोडिएपछि सर्वसम्मत नेतृत्व चयनमा लफडा उत्पन्न भएको छ ।
आज दिउँसो १२ः२० बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने समय भएपनि थप २ बजेसम्मका लागि सारिएको छ भने भोली निर्वाचन हुने छाँटकाँट छैन । निर्वाचन समिति पनि निर्वाचन गर्नका लागि तयार नदेखिएको स्वम् उम्मेद्वारहरुले आरोप लगाएका छन् । ७ राजनीतिक दलबीच भद्र सहमति अनुसार कांग्रेसले अध्यक्ष लिने र उपाध्यक्ष जसपाले लिने सहमति भएको थियो । एमालेले ४ सदस्य, माओवादी केन्द्रले ३ सदस्य, राप्रपा २, नेकपा एकीकृत समाजवादी १ र लिम्बूवानले १ पाउने सहमति थियो । १३ जनाका लागि ३४ जनाको उम्मेद्वारी परेपछि लफडा भएको थियो । दलहरु सहमतिका लागि निर्वाचन सार्ने पक्षमा छन् ।























