उर्लाबारी । पूर्वी मोरङकै पूरानो उर्लाबारी बहुमुखी क्याम्पसको चरम राजनीति हुन थालेपछि संकटमा पर्ने खतरा बढेको छ ।
राजनीतिक पार्टीले आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाउन चलखेल गरेपछि संकटमा पर्ने खतरा बढेको हो । आज अन्तिम नामावली प्रकाशन तथा भोली निर्वाचनको तालिका निर्वाचन समितिले प्रकाशन गरेको थियो । तर, निकम्मा निर्वाचन समितिले न निर्वाचन हचुवाको भरमा सार्वजनिक गरेको थियो । राजनीतिक दलहरुले पौष पहिलो सातामात्रै निर्वाचन गर्न सर्वदलीय बैठकबाट निर्वाचन समितिलाई आग्रह गरेका छन् । राजनीतिक दलहरुले आफ्नो उम्मेद्वारलाई नियन्त्रण गर्न नसकेको कारण पौषसम्म वर्तमान समितिलाई निरन्तरता दिन तयार भए । सर्वसम्मत निर्वाचन सम्मन्न गर्न ७ दलबीच भद्र सहमति भएको थियो । तर, मुख्य दल कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपालगायत दल नै बाधक बने । उनीहरुले सहमति विपरीत उम्मेद्वार खडा गरेर बार्गेनिङ अघि बढाए । योजना र भिजन नै नभएका उम्मेद्वारहरु राजनीतिक दलको आडमा अघि बढे । जुन क्याम्पसको हितमा भन्दा पनि पार्टीको हित केन्द्रीत थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय