उर्लाबारी । कांग्रेस मोरङ क्षेत्र नम्बर १(क) को सभापतिमा अर्जुन तम्रोकले बलियो दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
उर्लाबारी–३ निवासी तुम्रोकले क्षेत्र नं. १ (क) को सभापतिमा उम्मेद्वारी दिने घोषणासँगै कार्यकर्ताहरु पनि उत्साहित बनेका छन् । सहयोगी भावनाका तुम्रोक सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहनु भएको छ । जहाँ समस्या पर्छ, त्यहाँ तुम्रोकले सहयोग गर्दै आउनु भएको छ । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं. १ (क) को सभापतिमा दाबी प्रस्तुत गरेको उहाँको भनाई छ । तुम्रोकले आफु सभापति भएपछि क्षेत्रीय कार्यालयको भवन निर्माण गर्नेसमेत प्रतिबद्धता जाहेर गर्नुभएको छ । प्रत्येक वडामा पार्टीको वडा कार्यालयको व्यवस्थित व्यवस्थापन गर्ने, अर्ध वार्षिक रुपमा प्रदेश (क) अन्तर्गत सबै वडा समितिहरुलाई पार्टी संचालनमा अझ सक्षम र सबल बनाउन नियमित बैठक, छलफल, अन्तरक्रिया र प्रशिक्षणको व्यावस्था गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्र्टीभत्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।
के तुम्रोक सभापति बन्छन् त ?
अर्जुन तुम्रोक पछिल्लो समयमा कांग्रेसभित्र पनि राम्रो पकड भएका नेता मानिन्छन् । सामाजिक गतिबिधि र पार्टीभित्र पनि उहाँको निकै सक्रियता रहेको छ । उर्लाबारी र मिक्लाजुङको आधाभन्दा बढी मोरङ क्षेत्र नं. १ मा पर्दछ । यस क्षेत्रमा मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोनिकट ब्यक्तिहरु क्षेत्रीय प्रतिनिधिमा छनौट हुनु भएको छ । फागोको समर्थन जता त्यतै पल्लाभारी हुने सम्भावना देखिएको छ । फागोसँग नजिकको सम्बन्ध रहेका कारण पनि तुम्रोकलाई नै समर्थन गर्ने सम्भावना पनि छ ।























