उर्लाबारी । नेपाली काँग्रेस उर्लाबारीका निवर्तमान सभापति वीरबल थापाले मोरङ क्षेत्र नं. १ (क) प्रदेश क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते हुने प्रदेश सभा क्षेत्रीय निर्वाचनमा आफू क्षेत्रीय सभापतिको उम्मेद्वार रहेको उहाँको भनाई छ । लामो समय नगर समितिको नेतृत्व गरेकोले स्वभाविक रुपमा आफू प्रदेश क्षेत्रीय सभापतिको उम्मेद्वार रहेको थापाले बताउनुभयो । नेपाली काँग्रेसको बुथ समिति हुँदै तरुण दल उर्लाबारीको सभापति, तरुण दल मोरङको उपसभापति, काँग्रेस उर्लाबारी गाउँ समिति सचिव हुँदै तीन कार्यकाल नगर सभापति भइसकेका थापा आफूले पार्टीमा पु¥याएको योगदानका आधारमा आम क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित गराउने अपेक्षा राख्नु भएको छ ।
उर्लाबारीमा थापाले काँग्रेसको नेतृत्व लिँदै गर्दा सुरुमा पार्टी निकै कमजोर थियो । संगठन विस्तार र पार्टी सुदृढिकरण छलाङ मार्दै अहिले उर्लाबारीमा काँग्रेस बलियो बनेको छ । २०५४ सालको स्थानीय निर्वाचनमा एमालेले सबै सिट जितेको थियो तर २०७४ को निर्वाचनमा काँग्रेसले नगर प्रमुख, पाँच वडाध्यक्षसहित २३ सीटमा जित हाँसिल गर्दा काँग्रेस उर्लाबारीको नेतृत्व हाँक्ने आफू नै रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय