उर्लाबारी । कांग्रेस मोरङ क्षेत्र नम्बर १ (क) मा लोलीम पोमु लिम्बुले उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रदेश सभा अन्तरगत पर्ने मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिकाका कार्यसमितिलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नम्बर १ (क) को उपसभापतिमा दाबी प्रस्तुत गरेको पोमुले बताउनुभयो । समय समयमा कृयाशील सदस्यहरुको क्षमता अभिवृद्धी तथा उत्प्रेरणा बढाउन विविध प्रशिक्षणात्मक तालीमहरु गराउँदै पार्टी सुदृढीकरण गराई वडादेखि क्षेत्रसम्मका कमिटीहरुलाई मजबुद बनाउन आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ । सामाजिक कार्यक्रमहरु गराउदै आम जनसमुदायमा नेपाली काङ्ग्रेसप्रतिको विश्वास र भरोसा जगाउँदै आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत ल्याउन पनि आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । आर्थिक अभावका कारण उपचार नपाएका सयौँ विरामीहरुलाई निःशुल्क उपचार गराउदै आउनु भएका पोमु भूकम्प, बाढि, पहिरो लगायत कोभिड महामारी जस्ता प्रकोपमा सहयोग जुटाउने कार्यमा पनि सक्रिय देखिनु भएको थियो ।























