भरतपुर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरामी भएका छन् ।

उनलाई उच्च रक्तचाप, वान्ता हुने लगायतका समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

उनको अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज हुने उनकी पुत्री गंगा दाहालले जानकारी दिएकी छन् ।

कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला र पूर्वका भोजपुर लगायतका ठाउँमा पार्टीका कार्यक्रममा सहभागी हुँदा धपेडी र चापका कारण प्रचण्ड बिरामी परेको गंगा दाहालले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय