उर्लाबारी । खड्गबहादुर फागो परिचित नाम हो । फागो उर्लाबारी नगरपालिकाको नगरप्रमुख र नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति हुनुहुन्छ । उहाँ बुबा चञ्चलाल फागो र दुई आमा ठुलिआमा जयकालि फागो र नरमाया फागोमध्ये,नरमाया पट्टिका फागो कान्छो छोरा हुनुहुन्छ । नरमायापट्टिबाट उहाँका दुई दाजु र पाँच दिदीहरू हुनुहुन्छ । धनकुटामा क,ख,ग,सिक्नुभएका फागो, २०३९ मा बाबुको स्वार्गारोहण भएपछि उर्लाबारीमा ठुलोदाजु मानबहादुर फागो आउनुभयो । उहाँ वडा सह–सचिब, क्षेत्रीय सदस्य , का.वा. क्षेत्रीय सचिव, क्षेत्रीय कार्यसम्पादन उपसभापतिहुँदै, क्षेत्रीय सभापति भईसक्नुभएको छ ।
फागो कोहि चिनजान नै नभएका ब्यक्तिहरु समस्या परी सहयोग माग्न जादा तपाईं कुन पार्टीको भनेर सोध्ने र मात्र सहयोग गर्ने खालका नेतामा पर्नुहुन्न । अन्य राजनीतिकर्मीको तुलनामा उहाँ फरक हुनुहुन्छ । दुई छोरा र श्रीमतीका साथ उर्लाबारी–५ मा बसोबास गर्दै आउनुभएका फागो प्रदेश नं. १ कै चर्चित युवा नेताको रुपमा मान्ने गरिएको छ ।
फागोले पुनः मोरङ क्षेत्र नं. १ को सभापतिमा उठ्ने घोषणा गरिसक्नु भएको छ । कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा आम कार्यकर्ताहरुले फागोलाई पुनः एक कार्यकाल सभापति बन्न दबाबसमेत गरिहेका छन् । पार्टी र कार्यकर्ताहरुको हितमा निरन्तर लागि पर्ने फागोलाई पुनः एक कार्यकाल सभापति बनाउनु पर्ने उनीहरुको जोड छ । अधिकांश कार्यकर्ताहरुले पुनः क्षेत्रीय सभापतिमा फागोलाई सर्वसम्मत चयन गर्नु पर्ने धारणा राख्दै आएका छन् । पार्टीलाई क्षेत्र नं. १ मा मजबुत र चलयमान बनाउन फागोको महत्वपूर्ण भूमिका रहेको छ । अधिकांश कार्यकर्ताहरुले पुनः फागोलाई क्षेत्रीय सभापतिकै रुपमा अघि बढाउनु पर्ने धारणा राख्दै आइरहेका छन् ।
उर्लाबारी नगरपालिकालाई नमूना र समृद्ध बनाउने अभियानमा अहोरात्र खट्नु हुने फागो सबैमाझ लोकप्रिय हुनुहुन्छ । फागो कहाँ समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र वाहिर उत्तिकै लोकप्रियता देखिन्छ । आश्वासन मात्र लिएर फर्कनु नपर्ने भेटघाट भएका ब्यक्तिहरु बताउँछन् । सबैको समस्या तुरून्त समाधान गरिदिने व्यक्तिको रूपमा फागो चिनिनुहुन्छ । सरल ब्यवहार, सहयोगी भावना र सबैलाई सद्भावले हेर्ने उहाँको स्वभाव एबं दृष्टिकोण आफैँमा प्रशंसनीय छ । फागोलाई सर्वसम्मत रुपमै क्षेत्रीय सभापति ल्याउन कांग्रेसजनले आकांक्षा राखेका छन् । उहाँको क्रियाशिलता र लोकप्रियता क्षेत्रीय सभापतिका लागि बलियो कडी हो ।
पार्टीमा स्पष्ट वक्ता र क्षमतावान नेता वर्तमान सभापति फागो भएको भन्दै सबैले साथ र सहयोग गर्नु पर्ने कार्यकर्ताहरु बताउन थालेका छन् । फागोले पैसा कमाउन नभई जनताको सेवाका लागि राजनीतिमा लागेको बताउने गर्नुहुन्छ । उहाँले कांग्रेस भनेको ठूला महलमा बस्नेमात्र होइन झुपडीमा बस्ने पनि भएको बताउँदै सबैलाई समान व्यवहार गर्नु पर्ने धारणा राख्दै आउनु भएको छ । फागोले हरेक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीको कार्यक्रम र अन्य आन्दोलनको कमाण्ड सम्हाल्ने गर्नुभएको छ ‘म लगायत मेरा साथीभाई पनि उहाँकै निर्देशनमा हरेक आन्दोलनमा अहिलेसम्म सहभागी हुँदै आइरहेको छौं’, नेपाली कांग्रेस उर्लाबारीका सचिब तथा क्षेत्रीय प्रतिनिधि राजन रायमाझीले भन्नुभयोे,‘क्षमता भएकै कारण युवाहरू उहाँको पक्षमा खुलेर लागेका छौं। उहाँमा पुराना नेतालाई सम्मान गर्ने कार्यकर्ताहरूलाई माया गर्ने क्षमता उहाँमा छ ।’ फागोलाई कार्यकर्ताको संरक्षण र पिरमर्का बुझ्ने नेताको रुपमा पनि लिने गरिएको छ । पार्टीको हरेक आन्दोलन वा कार्यक्रम होस् या क्षेत्र नम्वर १ का नेता तथा कार्यकर्ता ब्यापक परिचालन हुँदै आएका छन् ।उर्लाबारी–७ का जीवन चिमरियाले भन्नुभयो, ‘हामी युवा नेता खड्ग फागोलाई पुनः एक कार्यकाल क्षेत्रीय सभापति बनाउने अभियानमा लागि परेका छौं । किनकि उहाँ कार्यकर्ताहरूलाई संरक्षण गर्न सक्ने खुबी भएको नेता हो ।’ ‘उहाँको काम गर्ने शैली मन परेर नै हामी उहाँको खुलेर प्रशंसा गछौं’,उहाँले भन्नुभयो । ‘हरेक कार्यकर्ताको सुखदुःखमा साथ दिने भएकै कारण कार्यकर्ताको चाहना पनि नेता फागोलाई पुनः क्षेत्रीय सभापति बनाउने चाहना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय