उर्लाबारी । नेपाली कांग्रेसको मंसिर ३ गते हुने मोरङ क्षेत्र नं. १ (क) को प्रदेश अधिवेशनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ ।
मोरङ क्षेत्र नं. १ (क) को सभापतिमा उर्लाबारी नगरपालिकाबाटै तीन जनाले दाबी प्रस्तुत गर्नुभएको हो । उर्लाबारी नगरपालिका र मिक्लाजुङको ६ वटा वडा मोरङ क्षेत्र नं. १ (क) मा पर्दछन् । प्रदेश सभापतिमा उर्लाबारी–३ बाट अर्जुन तुम्रोक, उर्लाबारी–७ बाट बीरबल थापा र उर्लाबारी–९ बाट नरबहादुर मोक्तानको दाबी छ । तुम्रोक नेपाली कांग्रेस प्राकृतिक श्रोतको उपयोग विषयगत समिति विज्ञको जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ । तुम्रोक निकै सहयोगी भावनाका कारण पनि यस पटक अधिकांश क्षेत्रीय प्रतिनिधिहरुले साथ दिइरहेका छन् । उर्लाबारी र मिक्लाजुङमा तुम्रोकको पकड देखिएको छ । यता थापा उर्लाबारी नगर समितिका निवर्तमान नगरसभापति हुनुहुन्छ । कांग्रेस उर्लाबारीमा प्रभावशाली नेताको छबी बनाउनु भएका थापासमेत चुनाबी माहोल आफ्नो पक्षमा बनाउन लागि पर्नुभएको छ । त्यस्तै, अर्का सभापतिका दाबेदार मोक्तान पनि प्रभावशाली नै देखिनु भएको छ । तीनमध्ये कसले बाजी मार्ने हो भन्ने विषय निकै चासोको साथ हेरिएको छ । मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोको जसलाई साथ रहन्छ, उसैले जित्ने अड्कल काटिएको छ । खुलेर फागोले सभापतिमा कसलाई सघाउने हो वा मौन रहने हो भन्ने बारेमा जानकार स्रोत नै अनविज्ञ छ । तुम्रोक र मोक्तानलाई फागोनजिकको मान्ने गरिन्छ । यसअघि थापा फागोकै समर्थनमा नगरसभापति बन्नु भएको थियो । त्यसैकारण कसलाई फागोको समर्थन रहन्छ भन्ने विषयमा अहिले यसै भन्न नसकिने देखिएको छ ।
कसको पल्लाभारी ?
मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोको जता समर्थन रहन्छ, उतै पल्लाभारी हुने अड्कल काटिएको छ । तर, पनि तुम्रोक सबैभन्दा शक्तिशाली उम्मेद्वार बन्ने देखिएको छ । सहयोगी भावना र कार्यकर्ताहरुलाई सम्मान गर्ने खुशीका कारण यस पटक अधिकांश कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरुले तुम्रोकलाई मोरङ क्षेत्र नं. १ क को सभापतिमा जिताउने सम्भावना प्रवल छ । मिक्लाजुङमा तुम्रोकको पक्षमा माहोल देखिएको एक क्षेत्रीय प्रतिनिधिले बताउनुभयो । उर्लाबारीको पनि तीन जनालाई भोट बाँडिने भएका कारण तुम्रोकले जित्ने दाबी उहाँको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय