काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ४१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख १२ हजार ४६९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेको छ ।
हालसम्म ८० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४७८ जना पुगेको मन्त्रालयले जनाएको छ ।























