उर्लाबारी । नेपाली कांग्रेसका नेता अर्जुन तुम्रोक यतिबेला नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि, सभापतिलगायतको घरदैलोमा पुगिरहनु भएको छ । अन्य उम्मेद्वारभन्दा फरक तरिकाले उहाँले कांग्रेस मोरङ क्षेत्र नम्बर १ (क) को सभापतिमा मत मागिरहनु भएको हो । उहाँले आफ्नो प्रतिवद्धतासहितको भोट माग्ने काम गरिरहनु भएको छ । उहाँले पद ओगट्नका लागि नभई कांग्रेसलाई यस क्षेत्रमा थप सशक्त बनाउन उम्मेद्वारी दिएको बताउँदै आउनु भएको छ ।
सहयोगी भावनाका तुम्रोक सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहनु भएको छ । जहाँ समस्या पर्छ, त्यहाँ तुम्रोकले सहयोग गर्दै आउनु भएको छ । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं। १ ९क० को सभापतिमा दाबी प्रस्तुत गरेको उहाँको भनाई छ । तुम्रोकले आफु सभापति भएपछि क्षेत्रीय कार्यालयको भवन निर्माण गर्नेसमेत प्रतिबद्धता जाहेर गर्नुभएको छ । प्रत्येक वडामा पार्टीको वडा कार्यालयको व्यवस्थित व्यवस्थापन गर्ने, अर्ध वार्षिक रुपमा प्रदेश (क) अन्तर्गत सबै वडा समितिहरुलाई पार्टी संचालनमा अझ सक्षम र सबल बनाउन नियमित बैठक, छलफल, अन्तरक्रिया र प्रशिक्षणको व्यावस्था गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्र्टीभत्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।























