उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीको मंसिर ४ गते वडा र ११ गते नगर अधिवेशनको तयारी थालिएको छ ।
माओवादी उर्लाबारीमा १ हजार नयाँ र पूराना गरी संगठित सदस्य रहेका छन् । पार्टीको वडा अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको छ । उर्लाबारीका ९ वटै वडाको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ भने नगरमा पनि नयाँ नेतृत्व आउने छ ।























