उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ मा चुनाबी सरगर्मी बढेको छ । वर्तमान क्षेत्रीय सभापति खड्ग फागो पुनः क्षेत्रीय सभापतिमा उठ्ने घोषणासँगै लेटाङका शंकर राईले पनि उम्मेद्वारी घोषणा गर्नुभएको छ । वर्तमान क्षेत्रीय सभापति फागो उर्लाबारी नगरपालिकाका मेयर हुनुहुन्छ भने राई लेटाङ नगरपालिकाका मेयर हुनुहुन्छ ।
क्षेत्रीय प्रतिनिधि तथा आम कार्यकर्ताहरुले पुनः एक पटक क्षेत्रीय सभापति बन्न आग्रह गरेपछि फागोले फेरि सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको जानकार स्रोत बताउँछ । नेपाली कांग्रेसका आम कार्यकर्ताहरुको हितमा काम गरेकै कारण पनि फागोलाई पुनः सभापति बन्न कार्यकर्ताहरुले दबाब दिएका थिए । आम कार्यकर्ताहरुको आग्रह बमोजिम आफुले पुनः एक कार्यकालका लागि क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा गरेको फागोको भनाई छ । पार्टी र कार्यकर्ताहरुको हितमा निरन्तर लागि पर्ने फागोलाई पुनः एक कार्यकाल सभापति बनाउनु पर्ने कार्यकर्ताहरुको जोड छ । अधिकांश कार्यकर्ताहरुले पुनः क्षेत्रीय सभापतिमा फागोलाई सर्वसम्मत चयन गर्नु पर्ने धारणा राख्दै आएका छन् । पार्टीलाई क्षेत्र नं. १ मा मजबुत र चलयमान बनाउन फागोको महत्वपूर्ण भूमिका रहेको छ । अधिकांश कार्यकर्ताहरुले पुनः फागोलाई क्षेत्रीय सभापतिकै रुपमा अघि बढाउनु पर्ने धारणा राख्दै आइरहेका छन् ।
उर्लाबारी नगरपालिकालाई नमूना र समृद्ध बनाउने अभियानमा अहोरात्र खट्नु हुने फागो सबैमाझ लोकप्रिय हुनुहुन्छ । फागो कहाँ समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र वाहिर उत्तिकै लोकप्रियता देखिन्छ । आश्वासन मात्र लिएर फर्कनु नपर्ने भेटघाट भएका ब्यक्तिहरु बताउँछन् । सबैको समस्या तुरून्त समाधान गरिदिने व्यक्तिको रूपमा फागो चिनिनुहुन्छ । सरल ब्यवहार, सहयोगी भावना र सबैलाई सद्भावले हेर्ने उहाँको स्वभाव एबं दृष्टिकोण आफैँमा प्रशंसनीय छ । फागोलाई सर्वसम्मत रुपमै क्षेत्रीय सभापति ल्याउन कांग्रेसजनले आकांक्षा राखेका छन् । उहाँको क्रियाशिलता र लोकप्रियता क्षेत्रीय सभापतिका लागि बलियो कडी हो ।
पार्टीमा स्पष्ट वक्ता र क्षमतावान नेता वर्तमान सभापति फागो भएको भन्दै सबैले साथ र सहयोग गर्नु पर्ने कार्यकर्ताहरु बताउन थालेका छन् । फागोले पैसा कमाउन नभई जनताको सेवाका लागि राजनीतिमा लागेको बताउने गर्नुहुन्छ । उहाँले कांग्रेस भनेको ठूला महलमा बस्नेमात्र होइन झुपडीमा बस्ने पनि भएको बताउँदै सबैलाई समान व्यवहार गर्नु पर्ने धारणा राख्दै आउनु भएको छ ।























