काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख १२ हजार ८४६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेको छ ।

हालसम्म ८० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय