उर्लाबारी । नेपाली कांग्रेसको भोली हुने मोरङ क्षेत्र नं. १ (क) को उपसभापतिमा सोम प्रसाद तिम्सिना (राम) को पल्लाभारी देखिएको छ ।
सहयोगी भावनाका तिम्सिना सबैका प्रिय मानिनुहुन्छ । उपसभापतिमा उम्मेद्वारी घोषणा गर्दै क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिलगायतसँग भोट मागिरहनु भएको छ । सबै कार्यकर्ताहरुले साथ सहयोग गर्ने बचन दिएपछि उहाँ उत्साहित बन्नुभएको छ ।
कांग्रेसको विधि,विधान र ईतिहासप्रति गौरव ठान्दै पार्टी दिशा निर्देशनहरु आत्मसाथ गरि संगठनलाई चलायमान बनाई पार्टी र भातृ संगठनहरु वडा र टोलदेखि नै मजबुद बनाई आगामी स्थानिय, प्रदेश तथा संघको निर्वाचनमा काङ्ग्रेसको बहुमत ल्याउन महत्वपूर्ण भूमीका खेल्न उपसभापति पदमा दावी प्रस्तुत गरेको तिम्सिनाले बताउनुभयो । उर्लाबारी–(३ मंगलवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर अगाडि विगत लामो समयदेखि नुतन औषधी पसल संचालन गर्दै आउनु भएका तिम्सिना गरिव अशक्तहरुको निःशुल्क औषधी उपचारमा सहयोग गर्दै आउनु भएको छ ।
उर्लाबारी–३ का वडा सदस्य समेत रहनु भएका तिम्सिना बाढी, पहिरो साथै कोभिड महामारि लगायतका प्राकृतिक विपतीमा आवश्यकिय औषधी लगायत खाद्यन्नसहितको राहत प्याकेज वितरण गर्नुभएको थियो ।
प्रदेश सभा अन्तर्गत पर्ने मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिकाका कार्यसमिति र यसका भातृ संगठनहरुलाई प्रशिक्षण गरी चलायमान बनाउदै सबै आट्ने देश र सबैलाई जोड्ने कांग्रेस बनाउन क्षेत्र नं. १ (क) को उपसभापतिमा आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय