काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ७ हजार ७७७ जनाको आरटी–पीसीआर गर्दा २७१ जना र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना गरी आज २९६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ५७५ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४९४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार ५४५ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ७ प्रतिशत हो ।























